चक्काजामका कारण भारत ठप्प

0
142

काठमाडौं – भारतमा संसदका दुवै सदनबाट पारित भइसकेको कृषि विधेयकको विरोधमा किसानहरु आन्दोलित भएका छन् । उनीहरुले आज भारतमा चक्काजामको घोषणा गरेका हुन्। किसानहरुको संगठन अखिल भारतीय किसान आन्दोलन समन्वय समितिले देशभर पूर्ण रुपमा चक्काजामको घोषणा गरेको हो।
चक्काजामका कारण पुरै भारत ठप्प भएको छ । भारतीय किसानको आन्दोलनको प्रभाव सबैभन्दा धेरै पञ्जाब र हरियाणामा परेको छ।
यो आन्दोलनमा राजनीतिक दलहरुले पनि साथ दिएका छन्। सरकार ल्याएको विधेयकले किसानलाई थप पीडित बनाउने किसान संगठनका नेताहरुको तर्क छ ।
भारतीय सरकारले यी विधेयक किसानको हितमा रहेको दाबी गर्दै यसबाट आम्दानी बढ्ने र बजारको समस्या हट्ने दाबी गरेको छ । तर, किसान संगठनहरुले भने कृषि क्षेत्रलाई कर्पोरेटको हातमा सुम्पने प्रयास स्वरुप विधेयक आएको भन्दै विरोध गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here