घुस लिएको आरोपमा दुई प्रहरी पक्राउ

0
17

काठमाडौं- एकजना महिलासंग घुस लिएको आरोपमा दुईजना प्रहरी पक्राउ परेका छन्। प्रहरी वृत बौद्धबाट खटिएको टोलीले प्रसनि (असई) सञ्जीव बस्नेत र जवान सुरज खड्कालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । केन्द्रीय प्रहरी विशेष कार्यदल, कपनमा दरबन्दी भएका बस्नेत र खड्का विमास्थलमा कार्यरत थिए । उनीहरुले बौद्धकी एक महिलालाई ‘तपाइँसँग लागु औषध रहेको सुचना पाएका छौं, पैसा नदिए पक्राउ गर्छौं’ भनेर ९० हजार घुस लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । पक्राउ गरिएका प्रहरी कर्मचारीलाई विभागीय कारवाही गरिने प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here