”घुम्ती तिरै म आज थोरै पिएर आएँ” भन्दै आए दिवाकर (भिडियो)

0
289

काठमाडौं – बरिष्ठ संचारकर्मी तथा गायक दिवाकर शर्माको आवाजमा रहेको गजल ”घुम्ती तिरै म आज थोरै पिएर आएँ” विन्ध्यवासिनी म्युजिक प्रालि मार्फत बिन्ध्यवासिनिकै अफिसियल युट्युव च्यानल बाट प्रकासनमा आएको छ । जुन गजललाई संचारकर्मी तथा गायक शर्माले अत्यन्तै न्याय दिएर गाएको सुन्न सकिन्छ । यस गजललाई रचना गरेका हुन् गीतकार एबम गजलकार हेमन्त विवशले । अत्यन्तै मर्मस्पर्सी शब्दहरुले स्रिङ्गारिएको यस गजललाई संगीत भने संगीतकार कृति न्यौपानेले भरेका हुन् । बरिष्ठ संगीत संयोजक किरण कंडेलले संगीत संयोजन गरेको यो गजल सबै तवरबाट उत्तिकै ससक्त बनेको बुझ्न सकिन्छ।
अहिलेलाई स्टुडियो भिडियो प्रकासित गरिएको यस गजलको अफिसियल भिडियोपनि चाडै बजारमा आउने बताइएको छ । भिडियोलाई पछिल्लो पुस्ताका चर्चित सम्पादक तथा निर्देशक बिनोद बमले सम्पादन गरेका हुन् ।
गीत निर्माण गर्दा धेरै मिहेनेत गरेकोले श्रोता दर्शकहरुको धेरै माया पाउनेमा आफुहरु आसाबादी रहेको यस गजलको निर्माण पक्षले बताएको छ भने, श्रोता दर्शकहरुले पनि उत्तिकै राम्रो प्रतिक्रिया दिएको बुझिएको छ ।

सबै तबर बाट राम्रो मानिएको यस गजललाई हाम्रो तर्फबाट पनि धेरै धेरै सफलताको शुभकामना…………………
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,जय गीत जय संगीत,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

कृपया भिडियो हेर्नको लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला ।।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here