घट्यो सुनको मूल्य

0
7

काठमाडौ – बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९७ हजार १ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ५ सयले घटेर ९६ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन प्रतितोलामा ९६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार, छापावाल सुन प्रतितोला ९७ हजार १ सय र तेजावी सुन प्रतितोला ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि बिहीबार ५ रुपैयाँले घटेर १ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here