घाइतेहरुको उद्धार गर्न बाह्रबिसे पुग्यो हेलिकप्टर

0
16

काठमाडौं – सिन्धुपाल्चोकको बाह्रबिसेमा गए राती गएको पहिरोमा घाइते भएका हरुको उद्धारका लागि गएको हेलिकोप्टर बाढी प्रभावित क्षेत्रमा अवतरण गरेको छ । केहीबेरअघि उद्धारका लागि गएको हेलिकप्टर जम्बु पुगेको हो ।
हेलिकप्टरले घाइतेहरुको उद्धार गर्न सुरु गरेको बताइएको छ । बाह्रबिसेको जम्बुमा ठाडो खोलामा आएको बाढीका कारण डेढ दर्जनभन्दा बढी व्यक्ति बेपत्ता भएका छन् भने २ जनाको ज्यान गएको छ । अहिले घाइतेहरुको उद्धार कार्य भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here