घर भत्किँदा नुवाकोटमा एक वृद्धको मृत्यु

0
12

काठमाडौं – अविरल वर्षाका कारण घर भत्किँदा नुवाकोटको बेलकोटगढी नगरपालिकामा एक वृद्धको मृत्यु भएको छ । बेलकोटगढी नपा–८ हर्रेमा बिहीबार राति घर भत्किँदा च्यापिएर ६८ वर्षीय अक्कलबहादुर तामाङको मुत्यु भएको हो । ढुङ्गामाटोबाट बनाइएको कच्ची घर अविरल वर्षाको कारण भत्किँएको र घरमा सुतिरहेका तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here