घरेलु हतियारसहित ३ जना पक्राउ

0
13

काठमाडौं- दाङको लमही नगरपालिकाबाट प्रहरीले घरेलु पेस्तोल र घरेलु हतियारसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ घर भएका २० वर्षीय सोमु विक, रुपन्देही घर भएका ४० वर्षीय रुकमान सुनार उर्फ कमल र दाङ घर भएका ७३ वर्षीय मुमबहादुर घर्ती मगर छन् ।
उनीहरुको साथबाट घरेलु पेस्तोल १ थान, फलाम पिट्न प्रयोग हुने फलामको लि, फलाम काट्ने छिनो, छिनोट काट्ने फलामको सनासो, ३ थान घन लगायतका घरेलु हतियार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । ईलाका प्रहरी कार्यालय लमही र अस्थायी प्रहरी चौकी नर्तिबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । सो पेस्तोल आरोपी मुमबहादुर घर्तीले ३ हजारमा बेचेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here