घट्यो सुनसुनचाँदीको मूल्य

0
4

काठमाडौं- नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बिहिबार प्रतितोला १ लाख १२ हजार ८ सयमा कारोबार भएको छापावाल सुन आज शुक्रबार तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १२ हजार ५ सयमा किनबेच भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य पनि तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा किनबेच भईरहेको छ । आज चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ७० रुपैयाँमा किनबेच भईरहेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको मूल्य ९६ हजार ४ सय ५० रुपैयाँ, १० ग्राम तेजावी सुनको मूल्य ९५ हजार ९ सय ८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार २ सय ६० रुपैयाँ कायम गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here