घट्यो सुनचाँदीको भाउ

0
14

काठमाण्डौ- नेपाली बजारमा आज सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको छ।

हिजा छापावाला सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर १ लाख १३ हजार रुपैयाँमा कारोबार भईरहेको थियो भने तेजावी सुन प्रतितोला १ लाख १२ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार ४६० रुपैयाँ कायम भएको छ। हिजो तोलामा २५ रुपैयाँले बढेर चाँदी १ हजार ४७५ रुपैयाँमा किनबेच भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here