घट्यो सुनको मूल्य

0
3

काठमाडौँ – आज नेपाली बजारमा सुनको मूल्य केही घटेको छ। आइतबार तोलामा २ सय रुपैयाँले बढेको सुनको भाउ आज भने प्रतितोला ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन आइतबार प्रतितोला रु ९४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। आज सार्वजनिक भएको तथ्याङ्कानुसार तेजाबी सुनको मूल्य पनि घटेको छ। आज तेजावी सुन प्रतितोला रु ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। जसको मूल्य आइतबार प्रतितोला रु ९४ हजार १०० रुपैयाँ रहेको थियो। सुनको भाउ घटेसँगै आज चाँदीको भाउ पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु एक हजार २८० रहेको छ। आइतबार चाँदी प्रतितोला रु एक हजार २९५ रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिकरुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here