घट्यो सुनको मूल्य

0
4

काठमाडौँ – आज पनि नेपाली बजारमा सुनको भाउ झन् ओरालो लागेको छ । हिजो बुधबार २ सय रुपैयाँले घटेको सुनको भाउ आज पनि प्रतितोला २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन बुधबार ९१ हजार रुपैयाँमा बुधबार ९१ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज तेजावी सुनको भाउ पनि घटेको छ । आज तेजावी सुन प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार तेजावी सुन ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज सुनको भाउ घटेपनि आज चाँदीको भाउ भने उकालो लागेको छ। आज चाँदी प्रतितोला १ हजार २०५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी बुधबार १ हजार १९५ रुपैयाँमा कारोबार भएको थियो। समग्रमा यो साता अमेरिकी डलरसहित प्राय देशका मुद्राको भाउ घटेसँगै सुनको मूल्यमा पनि गिरावट आएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here