काठमाडौँ – आज नेपाली बजारमा सुनको भाउ घटेको छ। मंगलबार प्रतितोला ५ सय रुपैयाँले बढेको सुनको भाउ आज भने प्रतितोला ३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन हिजो प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज तेजावी सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजावी सुन हिजो प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज चाँदीको भाउ भने बढेको छ। आज चाँदी प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी हिजो प्रतितोला १२ सय रुपैयाँमा कारोबार भएको थियो।