घट्यो सुनको मूल्य

0
15

काठमाडौं – आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन तोलामा ४ सय रुपैयाँले घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार प्रतितोला ८९ हजार २०० रुपैयाँ मूल्य भएको छापावाल सुन आज ४ सय रुपैयाँले घटेर ८८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी आज तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ३ सय ५० रहेको छ । मंगलबारको तुलनामा बुधबार चाँदीको मूल्यमा १५ रुपैयाँले गिरावट आएको छ । मंगलबार चाँदीको मूल्य १२ सय ५ रुपैयाँ रहेकोमा आज ११ सय ९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here