घट्यो सुनको मूल्य

0
2

काठमाडौं- आज नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज चार सय रुपैयाँले घटेर एक लाख ११ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज तेजावी सुन प्रति तोला चार रुपैयाँले घटेर एक लाख ११ हजार २५० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ तोलामा ३० रुपैयाँ घटेर प्रतितोला एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९५ हजार ८५० रुपैयाँ, १० ग्राम तेजावी सुनको भाउ ९५ हजार ३८० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य एक हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here