घट्यो सुनको मूल्य

0
27

काठमाडौं- आज नेपाली बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँ घटेको छ । विहिबार प्रतितोला १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले घट्दै १ लाख ११ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि तोलामा २ सय रुपैयाँले घटेर १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य ५ रुपैयाँले मात्र घटेको छ । आज चाँदीको प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँ कायम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here