घट्यो सुनको मूल्य

0
6

काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमबार सुनको मूल्य प्रति तोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ। आइतबार प्रति तोला १ लाख १० हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ सय रुपैयाँले घटेर प्रति तोला १ लाख १० हजार रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको छ। यता, चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार प्रति तोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भईरहेको चाँदी सोही मूल्यमा कारोबार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here