घट्यो सुनको मूल्य

0
4

काठमाडौँ – २०८० सालको पहिलो कारोबार दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ। आइतबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको छ। गत चैत ३० गते (बिहिबार) प्रति तोला १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ८ सयले घटेर प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ। यता, चाँदीको मूल्य स्थिर रहेर प्रति तोलाको १ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ। गत चैत ३० गते पनि चाँदीको स्थिर रहँदै तोलाको १ हजार ४५० रुपैयाँमा किनबेच भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here