घट्यो सुनको मूल्य

0
14

काठमाडौँ – सोमबारको तुलनामा आज (मंगलबार) नेपाली बजारमा सुनको भाउ केही घटेको छ। आज छापावाल सुन घटेर प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो छापावाल सुन प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी आज तेजावी सुनको भाउ पनि घटेको छ। आज तेजावी सुन प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेके छ। हिजो तेजावी सुन प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। आज चाँदी तोलाको १ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १ हजार १५५ रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here