घट्यो सुनको मूल्य

0
11

काठमाडौँ – मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ । सोमबारको तुलनामा सुन आज तोलामा २ सय रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ९३ हजार ८ सय रुपैयाँमा झरेको छ । आज तेजावी सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, आज सुनसँगै चाँदीको भाउ पनि घटेको छ। चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here