घट्यो सुनको मूल्य

0
7

काठमाडौँ – आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ। शुक्रबार र शनिबारको तुलनामा आज सुन तोलामा ४ सय रुपैयाँले घटेको हो । आज सुनको भाउ तोलाको ९९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। बिहीबार छापावाल सुन प्रतितोला ९९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। आज तेजावी सुन प्रतितोला ९८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज सुनको भाउ घटेपनि चाँदीको भाउ भने स्थिर छ। आज चाँदी प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार पनि चाँदी प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here