घट्यो सुनको मूल्य

0
36

काठमाडौँ – शुक्रबार नेपाली बजारमा सुनको भाउ घटेको छ। बिहीबार तोलामा २५०० रुपैयाँले बढेको सुनको भाउ आज भने तोलामा एकै दिन १००० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलाको ९८ हजार रुपैयाँ कायम भएको छ। बिहीबार छापावाला सुन तोलामा ९९ हजार रुपैयाँमा कारोबार भएको थियो। आज तेजावी सुनको भाउ तोलाको ९७ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ। यस्तै चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँको दरले घटेको छ। बिहीबार एक हजार तीन सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार तीन सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here