घट्यो सुनको मूल्य, हेर्नुहोस आज कतिमा कारोबार भैरहेको छ

0
5

काठमाडौँ – नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। बिहीबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख ९ सय रुपैयाँ कायम भएको छ।बुधबार प्रति तोला १ लाख १ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २ सयले घटेर प्रति तोला १ लाख ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख ४ सय रुपैयाँ कायम भएको छ। यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ८० रुपैयाँमा कायम भएको छ। चाँदी प्रति तोला २० रुपैयाँले घटेको हो। बुधबार चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here