घट्यो सुनको मूल्य, हेर्नुहोस कतिमा कारोबार भैरहेछ

0
14

काठमाडौँ- आइतबार नेपाली बजारमा सुनको भाउ घटेको छ। शुक्रबार प्रतितोला १ सय रुपैयाँले बढेको सुनको भाउ आज भने प्रतितोला ४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन हिजो प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज तेजावी सुनको भाउ पनि घटेको छ। आज तेजावी सुन प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज सुनको भाउ सँगै चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला ११ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी हिजो प्रतितोला १ हजार २ सय १५ रुपैयाँमा कारोबार भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here