घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा भैरहेछ कारोबार

0
14

काठमाडौँ – बिहीबार नेपाली बजारमा सुनको भाउ केही घटेको छ। हिजो प्रतितोला ७ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने प्रतितोला १ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन हिजो प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज तेजावी सुनको भाउ पनि घटेको छ। आज तेजावी सुन प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुन प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, आज सुनको भाउ सँगै चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी हिजो १ हजार २२० रुपैयाँमा कारोबार भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here