घट्यो सुनको भाउ

0
12

काठमाडौं – साताको चौँथो दिन अर्थात आज (बुधबार नेपाली बजारमा सुनको भाउ घटेको छ । गत मंगलबार ५०० रुपैयाँले बृद्धि भएको सुनको भाउ बुधबार पुन ४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ४०० रुपैयाँले घट्दै ८९ हजार ९०० रुपैयाँमा झरेको हो । गत मंगलबार बजारमा सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । तर, यता चाँदीको मूल्य भने तीन दिन यताकै निरन्तर बुधबार पनि स्थिर रहँदै प्रतितोला एक हजार १६० रुपैयाँ नै कायम भएको महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य भने तोलामा ४०० रुपैयाँले नै बृद्धि हुँदै आज ८९ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । लामो समयदेखिको कोरोना भाइरस (कोभिड–१९) महामारी र लकडाउनसँगै ह्वात्तै बढेको सुन चाँदीको मूल्यमा पछिल्लो समय केही घट्बढ् हुन थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here