घट्यो पेट्रोलियम पदार्थको मूल्य

0
249

काठमाडौँ – नेपाल आयल निगमले डिजेल/मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ । मंगलबार अर्थात आज दिउँसाे १२ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर दुई/दुई रुपैयाँ घटाइएको निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिएका छन्।मूल्य घटेसँगै प्रतिलिटर डिजेल–मट्टितेल ९५ रुपैयाँ र पेट्रोल १०७ रुपैयाँ कायम भएको छ।यस्तैगरि निगमले हवाइ इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here