घटयो सुनको भाउ

0
28

काठमाडौँ – आज सुनको भाउ ओरालो लागेको छ। आइतबार ६ सय रुपैयाँले बढेको सुन आज तोलामा १ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन आइतबार ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज तेजावी सुनको भाउ पनि घटेको छ । आज तेजावी सुन प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार तेजावी सुन ९१ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज सुनको भाउ घटेपनि चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here