ग्वार्काेमा ट्याक्सीमाथि बस पल्टियो

0
5

काठमाडौँ- ललितपुरको ग्वार्कोस्थित बिएन्डबी अस्पताल नजिकै ट्याक्सीमाथि बस पल्टिएको छ । बा.३ ख ४४४० नम्बरको बसले बा.२ ज ६०१ नम्बरको ट्याक्सीलाई किचेको प्रहरीले जनाएको छ । बसले किच्दा ट्याक्सी चालक संजोग घिसिङ घाइते भएका छन् । आकाशे पुल नजिकै दुर्घटना गराउने बस ५० वर्षीय नकलबहादुर महर्जनले चलाएका थिए । बसमा यात्रु थिएनन् । घटनाबारे उपत्यका ट्राफिक प्रहरी कार्यालय र प्रहरी वृत सातदोबाटोले अनुसन्धान गरिरहेको छ । (समाचार स्रोत- रातो पाटि)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here