ग्रीन डेभलपमेण्ट बैंकको नायब प्रमुख कार्यकारी अधिकतृमा गुरुङ्ग

0
3

पाेखरा- पोखरामा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेण्ट बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा प्रकाश गुरुङ्ग नियुक्त भएका छन । बिभिन्न बैंक तथा वित्तीय संस्थामा दुई दशकभन्दा लामो कार्य अनुभव भएका गुरुङ्गलाइ बैक सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । बैकर गुरुङ्ग बैक, वित्तीय संस्थाहरुको दीर्घकालीन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा अत्यन्त कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गर्ने कुशल व्यवस्थापकका रूपमा चिनिन्छन।

गुरुङ्गले यसअघि साईन रेसुङ्गा डेभलपमेण्ट बैंकको नायव प्रमुख कार्यकारी अधिकृत तथा पोखरा फाईनान्सको संचालकको भूमिकामा रहि कार्य सम्पादन गरिसकेका छन।

नवनियुक्त नायव प्रमुख कार्यकारी अधिकृत गुरुङ्गले यस बैंकको उच्च ब्यवस्थापनमा आबद्ध भई कार्य गर्ने अवसर प्राप्त गरेकोमा खुसी व्यक्त गर्दै बैंकलाई थप सबल र सुदृढ बनाउन आफ्नो महत्वपुर्ण भूमिका रहने बताएका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here