ग्यास र पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गरेको आरोपमा दुई लाख जरिवाना

0
15

काठमाडौं – सत्याल एण्ड किराना पसल टीकाभैरव र मैतीदेवी पेट्रोल पम्पललाई मंगलबार २/२ लाख रुपैयाँका दरले जरिवाना गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । उनीहरुलाई ग्यास र पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गरेको आरोपमा जरिवाना गराइएको हो ।
विभागको अनुगमनका क्रममा सत्याल एण्ड किनाराले ग्यास तथा किराना सामानको कृत्रिम अभाव सिर्जना गरेको पाइएको विभागले जनाएको छ । यस्तै मैतीदेवी पेट्रोलियम सप्लायर्स मैतिदेवीले कृत्रिम अभाव सिर्जना गरेर इन्धन भण्डारण गरेको समेत विभागले फेला पारेको थियो ।
बुधबार विभागको टोलीले १० वटा फर्म तथा सप्लायर्समा अनुगमन गर्दा ४ वटालाई जरिवाना गराएको जनाएको छ । कुनै पनि वस्तुमा कृत्रिम अभाव सिर्जना गर्ने, तोकिए भन्दा बढी मूल्य लिने काम कुनै पनि व्यपारिक फर्महरुले गरे उपभोक्ताले ११३७ मा सम्पर्क गर्न पनि विभागले आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here