गोल्डेन भ्वाइस प्रेमध्वज प्रधानलाइ सम्झदै ‘गोल्डेन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठान’ को समुद्घाटन

0
78

काठमाडौं – नेपाली गीत संगीत क्षेत्रका बिशिष्ट गायक एबम संगीतकार ”गोल्डेन भ्वाइस अफ नेपाल” प्रेमध्वज प्रधानको प्रथम वार्षिक श्रद्धाञ्जली सभा तथा उनको नाममा स्थापित ‘गोल्डेन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठान’ को समुद्घाटन समारोह हिज राजधानी स्थित आरण्य बुटिक होटलमा सम्पन्न भएको छ l प्रतिष्ठानको समुद्घाटन भने स्व. प्रेमध्वज प्रधानकी धर्मपत्नी श्रीमती किरण प्रधानले गरेकी हुन।


प्रतिष्ठानले नेपाली साङ्गीतिक क्षेत्रमा ”गोल्डेन भ्वाइस” प्रेमध्वज प्रधानले गरेको योगदानलाई कालान्तरसम्म स्मरण गराईराख्ने, बार्षिक रुपमा या दुई दुई बर्षमा पुण्यतिथिको अवसर पारी नेपाली सङ्गीत क्षेत्रमा समर्पित एवं स्थापित होनहार सर्जक / कलाकारहरुलाई पुरस्कार तथा सम्मान प्रदान गर्ने, उनको साङ्गीतिक जीवन यात्रा, सङ्घर्ष र योगदानलाई जानकारी श्रोत केन्द्रको रुपमा उपलब्ध गराउने, प्रधानको आत्मकथा र स्मृतिग्रन्थ प्रकाशन गर्ने, प्रतिभाशाली कलाकारहरुलाई अगाडि बढ्नका लागि सहयोग गर्ने र उनको बारेमा अध्ययन अनुसन्धान गर्नेहरुलाई सहयोग गर्ने लगायतका उद्देश्यले यस प्रतिष्ठानको स्थापना गरिएको बताइएको छ , प्रतिष्ठानको मुख्य कार्यालय हाल संरक्षिका किरण प्रधानको निवास बैंक मार्ग, बागबजारमा रहने छ l

प्रतिष्ठानको सल्लाहकार समितिमा भने अग्रज सर्जकहरु बच्चु कैलाश बस्नेत, किरण खरेल, योगेश वैद्य, शम्भुजित बासकोटा, र मञ्जु कुमार श्रेष्ठ रहेका छन् यस्तै कार्यकारिणी समितिमा संरक्षिका तथा अध्यक्ष श्रीमती किरण प्रधान, उपाध्यक्ष प्रसन्नध्वज प्रधान, सचिव कविरध्वज प्रधान, कोषाध्यक्ष भूवन मास्के ‘मुस्कान’ र सदस्यहरुमा मनराजा नकर्मी, जुगल डङ्गोल, राजु वैद्य र एरिना श्रेष्ठ रहेको बताइएको छ। संचारकर्मी नरेश भट्टराइ उद्घोषकको रुपमा रहेको उक्त कार्यक्रममा यादव खरेल, दुर्गालाल श्रेष्ठ, दिनेश अधिकारि, दिपक जंगम, मदनकृष्ण श्रेष्ठ, सम्भुजित बास्कोटा राजेन्द्र थापा लगायतका बिभिन्न बिशिष्ट ब्याक्तित्वहरुको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here