गोर्खामा पहिरोले गोठ भत्किदा एक महिलाको मृत्यु

0
134

काठमाडौं- गोर्खाको गण्डकी गाउँपालिका–४ फुजेलमा पहिरोले पुरिएर एक महिलाको मृत्यु भएको छ । सोमबार विहान बाख्रालाई घाँस दिन गएका बेला पहिरोले गोठ भत्किदा ३४ वर्षकी लक्ष्मी गुरुङको मृत्यु भएको छ ।
फुजेलको कौदीखोलामा रहेको गोठ पुरिँदा १० वटा बाख्रा पनि मरेका छन । अहिले ताङ्लीचोकस्थित प्रहरी चौकीबाट प्रहरीटोली घटनास्थलतर्फ गइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here