गोरखामा जडिबुटी खोज्न जाने क्रममा भीरबाट लडेर एक युवकको मृत्यु

0
147

गोरखा – गोरखामा जडिबुटी खोज्न जाने क्रममा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ ।
धार्चे गाउँपालिका अध्यक्ष सन्तोष गुरुङका अनुसार धार्चे –२ केरौजाका अन्दाजी ३८ बर्षीय मनिरक्ष गुरुङको ज्यान गएको हो।
‘भदौ ५ गते भीरबाट लडेर मरेको रहेछ,’ उनले भने, ‘मलाई हिजोमात्र जानकारी आयो अनि प्रहरीलाइ खबर गरेँ ।’ अहिले घटनास्थलतर्फ प्रहरी गइरहेको एसपी सुरेन्द्रबहादुर गुरुङले बताए । गाउँपालिका अध्यक्ष गुरुङका अनुसार जडिबुटी खोज्न केही दिनअघि उनीसहितको समूह लेक गएको थियो । ‘यो समयमा सो क्षेत्रका स्थानीय जडिबुटी खोज्न लेक जान्छन्, त्यो ठाउँमा पुग्न गाउँबाट दुई दिन पैदल जानुपर्छ,’ उनले भने ।
टाढा भएकोले खबर आउन ढिला भएको उनले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here