गोदाममा आगलागी हुँदा दक्षिण कोरियामा ३८ मजदूरको मृत्यु

0
20

काठमाडौं- दक्षिण कोरियाको इन्चोन शहरको एक गोदाममा आगलागी हुँदा ३८ जनाको मृत्यु भएको छ । त्यहाँस्थित स्थानीय मिडियाहरुले जनाए अनुसार बुधबार राति उक्त गोदामका मजदुरहरुले बेसमेन्टको लागि प्रज्वलशील सामानको प्रयोग गर्दा विस्फोट भइ आगो लागेको हो।
मर्नेहरुमा सबै मजदुरहरु रहेका छन्। त्यहाँका अधिकारीहरुले मृत्यु हुनेको संख्या बढ्‍ने बताएका छन् किनकी उक्त विल्डिङमा करीब ७८ जना बसेको बताइएको छ।
विस्फोटपछि प्रधानमन्त्री चुङ स्यो क्यूनले आगलागीमा उद्दार र राहत दिन निर्देशन समेत दिएका छन्। तीन घण्टापछि बल्लतल्ल आगो निभाइएको छ भने आगो निभाउने क्रममा ८ जना दमकलमा काम गर्नेहरु गम्भीर घाइते भएका छन्। घाइते भएका उनीहरुलाई उपचारका लागि अस्पताल पुर्‍याइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here