गृह मन्त्रालय द्वारा पर्साका सीडीओ र सहायक सीडीओको सरुवा

0
19

काठमाडौं – पर्सा जिल्लाका प्रमुख र सहायक जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरिएको छ । प्रजिअ विष्णुकुमार कार्कीलाई गृह मन्त्रालय र सहायक प्रजिअ ललितकुमार बस्नेतलाई ललितपुर जिल्ला प्रशासन कार्यालयमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ ।
यस्तै पर्साका नयाँ प्रजिअमा आसमान तामाङलाई पठाइएको छ । उनी हाल धादिङको प्रमुख जिल्ला अधिकारी थिए भने सहायक प्रमुख जिल्ला अधिकारीमा मुस्ताङका वेद अर्याललाई पठाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here