गुल्मी जिल्लाको मालिका गाउँपालिकाले पारित गर्यो ‘लाेकल’ रक्सीलाई ‘ब्राण्ड’ बनाउने ऐन

0
133

गुल्मी – जिल्लाको मालिका गाउँपालिकाले रक्सीलाई ब्राण्ड बनाउनकाे लागि ऐन पारित गरेको छ । देशभर लोकल रक्सीलाई ब्राण्डको रूपमा विस्तार गर्नुपर्ने भन्ने बहस चलिरहँदा गुल्मीको मालिका गाउँपालिकाले भने लोकल रक्सीलाई ब्राण्ड बनाउने ऐन नै पारित गरेको हाे । बिहीबार गाउँपालिकाको नवौं गाउँसभाबाट स्थानीय मदिरा ऎन (कोदो तथा खुर्पानीको रक्सी) उत्पादन, ब्राण्डिङ, बिक्री वितरण तथा व्यवस्थापन ऐन बहुमतले पारित भएको हो । स्थानीय स्तरमै उत्पादन हुने कोदो र विभिन्न फलफूलको रसबाट उत्पादन हुने मदिरालाई ब्राण्डको रुपमा ऐन बनाएर अगाडि बढाउने मालिका गाउँपालिका जिल्लामै पहिलो गाउँपालिका बनेको छ । नेपालको सविधान २०७२ को अनुसूची ८ ले दिएको अधिकार प्रयोग गर्दै उक्त ऐन जारी गरिको गाउँपालिकाले जनाएको छ । उत्पादित लोकल मदिराको गाउँपालिकाले गुणस्तर मापन गरि स्टिकर टास्ने र शिलबन्दी गर्ने बताईएको छ । साथै लोकल मदिरालाई ब्राण्ड बनाउनका लागि विभिन्न निति नियम बनाईएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले बनाएको नीति तथा नियम भन्दा बाहिर जानेलाई ५० हजारसम्म जरिवाना गर्न सकिने व्यवस्था समेत गाउँपालिकाले गरेको छ ।

                                                                                              
                                               - यो सामाग्री सेतोमासी डट कम बाट साभार गरिएको हो।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here