गुल्मीको चन्द्रकोट गाउँपालिकामा पहिरोले ६ घर परिवार विस्थापित ट्रक समेत पहिरोमा पुरियो

0
20

गुल्मी – गुल्मीको चन्द्रकोट गाउँपालिकामा पहिरोले ६ घर परिवार विस्थापित भएका छन् भने सोही गाउँपालिकामै एउटा ट्रक पनि पहिरोमा पुरिएको छ ।
जिल्लाको चन्द्रकोट गाउँपालिकाको वडा नम्बर-७ खसिमारे भन्ने स्थानमा लु६ख ७७९२ नम्बरको ट्रक पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
बुटवलबाट सिमेन्ट, ग्यास, छड र फेन्सी सामानहरु लिएर शान्तिपुर जाँदै गरेको ट्रक बाटोमा हिलोमा अडकिएको बेला माथिबाट झरेको पहिरोले सोहोरेर झण्डै १ किलोमिटर तल लगेको प्रहरीले जनाएको छ । पहिरोले ट्रकमा राखिएका सामान र गाडीमा समेत क्षति भएको छ ।
सोमबार साँझ हिलो बाटोमा अड्किएको ट्रक डोजरले तान्दा टोचन चुँडिएपछि त्यत्तिकै छाडिएको थियो । गएराति करिब साढे बाह्र बजे पहिरोले सो ट्रकलाई पुरेको हो । पहिरोले ट्रक पुरे पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here