गुडिरहेको बसमा ढुंगा खस्दा एक जनाको मृत्यु, तीन जना घाइते

0
3

काठमाडौं – बैतडीमाको पाटन नगरपालिका–८ झौलेकमा गुडिरहेको गुडिरहेको बसमा ढुंगा खस्दा एक जनाको मृत्यु भएको छ । सुप.प्र.२००१ ख ११५६ बसमा मंगलबार बिहान सडकमाथिबाट ढुंगा खसेको हो । बसमा ढुंगा खस्दा बझाङको थलारा गाउँपालिका–५ का १८ वर्षीय अर्जुन नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । बस महेन्द्रनगरबाट बझाङका लागि छुटेको थियो । मंगलबार बिहान साढे दुईबजेतिर जयपृथ्वी राजमार्ग अन्तर्गत खोड्पे–बझाङ सडकखण्डको झौलेकमा बसमा सडकमाथिबाट ढुंगा खसेको हो । ढुंगा लागेर अन्य तीन जना घाइते भएका प्रहरी निरीक्षक खड्काले बताए । घाइते हुनेमा बझाङको जयपृथ्वी नगरपालिका–११ का ४० बर्षीय हरिप्रसाद जोशी, सोही ठाउँका ३६ वर्षीय नवराज खड्का र कैलालीको धनगढी उपमहानगरपालिका–४ का २८ वर्षीय माधव भट्ट रहेका छन् । उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here