गीत संगीतको क्षेत्रबाट चलचित्र तर्फ लम्कियो साबित्राको यात्रा

0
397

काठमाडौं – नेपाली गीत संगीत पारखिहरुको लागि एक चर्चित नाम हो गीतकार सावित्रा चिलुवाल , सांगीतीक क्षेत्रमा करिब पाँच बर्ष को यात्रामा उनले धेरै गीत लेखिसकेकी छन् । मेरो लागि दैब , हेरेर कहाँ, धेरै रोएँ जिन्दगीमा लगायत अहिलेको चर्चित लोक दोहोरि गीत केशरी मेरो माया नरिसाउ यसरि समेत उनले लेखेकी हुन् जुन गीतमा बिष्णु माझि र दिनेश क्षेत्रीको आवाज रहेको थियो भने अभिनय अनु पराजुली र रामजी खाँडको रहेको थियो ।
उनको श्रीजनामा पछिल्लो समयका चर्चित गायक गायिका हरु , प्रमोद खरेल , शिव परियार , स्वरूप राज आचार्य , बिष्णु माझीले समेत गाइसकेका छन् ।
उनले अहिले चलचित्र निर्माणमा समेत हात हालेकी छन् । राजु गिरिको निर्देशनमा रहेको चलचित्र मखमली मखमली उनको अब प्रदशनको पालो कुरिरहेको र जीवनकै पहिलो चलचित्र हो जसमा जयकिशन बस्नेत , सुभेक्ष्या थापा लगायत चर्चित कलाकारहरुको अभिनय हेर्न पाइने उनले बताइन उक्त चलचित्र कार्तिक ८ गते बाट सिनेमा हलहरुमा समेत प्रदशन हुने बताइन । चिलुवाल भन्छिन जिन्दगीमा धेरै दुख कस्ट भोगेर यहासम्म आइपुगेकी छु गीत संगीतमा जस्तै चलचित्र क्षेत्रमा समेत दर्शक दिर्घाले आफुलाई साथ् दिने आशा गरेकी छु । उनि यो चलचित्र लगत्तै अब अर्को चलचित्र म्याड लभको निर्माण तयारीमा रहेको समेत बताइन ।गीत संगीत पनि धेरै आउने तयारीमा रहेको उनले बताइन ।
हाम्रो तर्फ देखि गीतकार एबम चलचित्र निर्मात्री सावित्रा चिलुवाललाई धेरै धेरै सफलताको शुभकामना ।।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here