गीत तथा साहित्य लेखनमा उदाउदै गुल्मीका पोखरेल

0
1208

(आज हामि कुरा गर्दै छौँ गीत संगीतको उदाउँदो तारा गीतकार प्रदीप प्रखर पोखरेलको। उनीसंगै गरिएको भलाकुसारीको आधारमा यो सामाग्री प्रस्तुत गरेका छौँ।)
गुल्मी – चाहाना गीत संगीत र साहित्यमा भएपनि बाध्यता र बिबसताले जेलिएर अर्कै पेशामा पुगेका उनि अर्कै पेशा संगसंगै साहित्यलाई पनि समय मिलाएर सिर्जना गर्छन। भन्छननि खाने मुखलाई जुंगाले छेक्दैन त्यस्तै उनलाई बिबसताका अनेकौं आँधीबेहेरी आएर छेक्न खोजेपनि उनको सृजना गर्ने रुचि र क्षेमता उनीसंगै रहिरह्यो र रहिरहनेछ। बिक्रम सम्बत २०४५ साल ११ महिना २ गते बुवा ॠषिराम पोखरेल र आमा इश्वरा पोखरेलको कान्छो सुपुत्रको रुपमा गुल्मीको रेसुङ्गा नगरपालिका १४,पराल्मी,चोक्टीपाटामा जन्मिएका उनि आफुले जान्ने उमेर भएदेखिनै गीतसंगीतमा रुचि राख्ने गरेको वताउँछन्। कक्षा १ देखि ६ सम्म श्री जन बिकास मा वि पराल्मी,गुल्मीमै अध्यन गरेका पोखरेलले कक्षा ६ देखि १० सम्म श्री महेन्द्र उच्च मा वि तम्घास गुल्मी र प्लस २ सिद्दार्थ गौतम बुद्द क्याम्पस (होटल म्यानेज मेन्टमा) बुटवल रुपन्देहीबाट गरेका हुन् भने सिद्दार्थ गौतम बुद्द क्याम्पस रुपन्देही बाटै स्नातक गरेका हुन्। हाल उनि आफुले कक्षा १ देखि ६ सम्म पढेको आफ्नै प्यारो गाउँको श्री जन बिकास माविमा पबित्र पेशा शिक्षण पेसा रोजेका छन् अर्थात त्यहीं स्कुलमा कक्षा एक देखि दश सम्म पढाउँछन् र त्यहाँका लेखापाल समेत हुन् उनि। समाजसेवा,साहित्य र संगीतमा बिशेष रुचि भएका पोखरेलले आफ्नो प्रेरणाको रुपमा बुवा आमा र आफू जन्मेको माटोलाइ लिने गर्छन। आफू संग प्रतिभा भएर पनि मोफसलमा रहनु परेको कारण ओझेलमा परेको र आर्थिक उपार्जन गर्न गारो रहेका कारण यो क्षेत्र अर्थात गीत संगीत, साहित्यको क्षेत्रमा साथ सपोर्टको कमि भएको गुनासो गर्छन पोख्रेल। उनि भन्छन ”साहित्यमा साधक भैरहने गीती लेखनमा निरन्तरता रही ब्यवसायिक हुने चाहना भएर नै नेपाली यूवाहरुमा नेपाली साहित्य बिस्तारका लागि खटिरहेको छु र आफ्नो स्वास रहुन्जेल खटिरहनेछु” । उनले आफुले यो क्षेत्रमा निरन्तर योगदान दिएबापत विभिन्न पुरस्कारहरुबाट सम्मानित पनि भएका छन् जुन यसप्रकार रहेका छन्।

  • पुरस्कार:अभिनव साहित्य समाजद्वारा आयोजित “अभिनव लक्ष्मीदेवी साहित्य सिरपा-२०७८ प्रविधी मैत्री मुक्तक लेखन प्रतियोगीतामा प्रथम हुन सफल
  • साहियपोस्ट द्वारा आयोजित साप्ताहिक मुक्तक प्रतियोगीता सत्ताइसौ अंक २०७८ मा बिजयी
  • साहित्यपोस्ट द्वारा आयोजित साप्ताहिक गजल प्रतियोगीता एघारौं अंक २०७८ मा बिजयी
  • मुक्तक मन द्वारा आयोजित नियमित मुक्तक प्रतियोगीतामा साउन अंकमा प्रथम हुन सफल
  • रचनाका मुनाहरु द्वारा आयोजित मुक्तक प्रतियोगीता २०७८ मा प्रथम हुन सफल
  • साहित्यकार सुनिल अधिकारीद्वारा आयोजित साप्ताहिक मुक्तक प्रतियोगीतामा हाल सम्म दस चोटि सर्वोत्कृस्टमा पर्न सफल
  • असेमेली मुक्तक मन्च भारत द्वारा आयोजित अन्तरास्टृय मुक्तक प्रतियोगीतामा पाँचौ हुन सफल र विभिन्न अन्लाईन मुक्तक गजल प्रतियोगीतामा पुरस्कृत

गीत लेखन-
करीव दुई दर्जन गीतहरु बजारमा ल्यासकेका गीतकार प्रदिप प्रखर पोखरेलका म त पुजारी,तिम्रो न्यानो,केयर गर्दिनौ, नाटक नौटंकी,तिज गीत,दशैं आयो मनको पहिरो,साँइला दाइ जस्ता लोक,आधुनिक,पप,गजल,भजन प्रकाशित छन् र केही आउने तयारीमा रहेका छन्। उनि सगरमाथा साहित्य प्रतिष्ठानका लुम्बिनी अन्चल कमिटी सदस्य समेत हुन्। गीतकार संघ नेपालको साधारण सदस्यता पनि लिसकेका पोखरेलका विभिन्न फुटकर गीत गजल र मुक्तकहरु स्थानिय तथा राष्ट्रिय अनलाइन तथा छापा मिडियामा प्रकाशित भैसकेका छन्। उदाउँदो प्रतिभा अत्यन्तै राम्रो प्रतिभाका खानी धेरै सम्भावना बोकेका गीतकार प्रदिप प्रखर पोखरेललाई हाम्रो तर्फदेखी पनि लाखौँ करोडौँ सफलताको शुभकामना।।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here