गीतकार/सन्चारकर्मी बाशुदेव पोख्रेलको लेखन तथा भेषराज अर्यालको निर्देशनमा ‘के रैछ माया’ सार्वजनिक

0
282

गुल्मी – पछिल्लो समयमा समाजमा जातभात तथा गरिबीको कारण धेरै समस्या आएको देखिन्छ । यस्तै समस्या लाई समाबेश गरेर एउटा गरिबको कथामा आधारित ‘के रैछ माया’ नामको शर्ट मुभी सार्वजनिक भएको छ ।
सानै उमेरमा गरिबीको कारणले छुट्टिन परेको र पछि मिलन भएको कथालाई समेटेर बनाइको यस कथाको निर्देशक भेषराज अर्याल रहेका छन भने लेखन कार्य पछिल्लो पुस्ताका उदयमान गीतकार एबम सन्चारकर्मी बासुदेव पोखरेल गरेका हुन । जनचेतना लागि प्रस्तुत गरेको यस भिडियोमा धनी गरिब जातभात केही हुदैन भन्ने कुरा मुख्य विषयको रुपमा प्रस्तुत गरिएको छ ।
गुल्मिको सुन्दरनगरी धुर्कोटमा तयार पारियको भिडियोमा छायांकन किशन कुवरको रहेको छ । भेषराज अर्यालले सम्पादनमा गरेको भिडियोमा बासुदेव ,रमेश,भेषराज,सुजता,ईश्वर को अभियन देख्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here