गीतकार तथा गायक बसन्त थापा मगरको नया गीत ”कहिले दाया कहिले बाया” सार्वजनिक

0
185

काठमाण्डौ – अमेरिकाको मेरिल्याण्डमा रहेका गीतकार तथा गायक बसन्त थापा मगरले दोश्रो कृतिका रुपमा आफ्नो नयाँ गीति एल्बम ‘कहिले दायाँ कहिले बायाँ’ बजारमा ल्याएका छन् । यस भन्दा अगाडि ‘आमाले बोकेको भारी’ नामक म्युजिक भिडियो सांगितीक क्षेत्रमा ल्याइसकेका गीतकार थापाले ‘कहिले दायाँ कहिले बायाँ’ नामक म्युजिक भिडियो बजारमा ल्याएका हुन् ।नेपालमा रहँदा होस् या विदेशको कुनै पनि कुनामा पुग्दा होस् नेपाली गीत, नाँच, खाना, रिती रिवाज र जन्मभूमिको माया र सम्झनामै बाँच्ने र रमाउने नेपालीहरुको आफ्नो विशेषता नै हो भन्दा फरक पर्दैन् । नेपाली जहाँ गए पनि अनि जहाँ रहे पनि नेपालीपन नै शान्ति र खुशीको आधार बन्ने बताउने गीतकार थापा बताउँछन् । ‘बिदेशमा चाहे त्यो अमेरिका, अष्ट्रेलिया, ब्रिटेन, क्यानडा, कोरिया, जापान र युरोप किन नहोस् यातफेरि त्यो कतार, दुबइ, साउदी, मलेशिया, इजरायल, इराक, अफगानिस्तान र अफ्रिका नै किन नहोस् त्यहाँ रहेर सुख/दुःख गरीरहेका सबै नेपालीहरूले भोगीरहेको, महशुस र अनुभव गरिरहेको कुरा हो भने नेपालमा घर, बाटो, यात्रा, बनभोज, पार्टी, सभा, भेटघाट लगायत हरेक मनोरन्जनात्मक समारोहहरूमा गीत/संगित अनि नाँच/गानको छुट्टै औचित्य, महत्व भएको र जीवन तथा सामाजिक अंग बनिरहेको बिषय नै हो यो ।’ संसारन्युजको कुराकानीमा थापा भन्छन् । गायक थापाकै शव्द र लय रहेको उक्त गीतमा चर्चित तथा लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरले गीत सजिएको छ । शव् , स्वर र लयलाइ कस्तो बाजा र तालमा सजााउने त्यो म्युजिक ए ए एरेन्जरको सिप र योग्यता हो जसमा अशोक लोहारूगं राई सफल देखिएका छन् । गीतलाइ आमदर्शक र श्रोता सामु आकर्षित बनाउन र गराउन म्युजिक डाइरेक्टर र यसका कलाकारहरूको ठूलो भुमिका रहन्छ । नायक पल शाह, मोडेल नग्मा श्रेष्ठ र चरित्र अभिनेता फिल्म डाइरेक्टर शोभित बस्नेत लगायत इन्टायर टिमको नृत्य र अभिनयले म्युजिक भिडियो अझ रमाइलो र राम्रो बनेको छ । उक्त गीतमा कोरियोग्राफर प्रमोद भन्डारी,छायांकन अर्जुन तिवारी, सम्पादक नविन निरौला र म्युजिक डाइरेक्टर समन अधिकारीको ठूलो हात, सोच र सिप रहेको छ । यो म्युजिक भिडियोले आम नेपालीहरूको साथ र माया पाउने गीतकार थापाले आशा गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here