गीतकार जानकी बज्राचार्यको शब्दमा ‘शिरैमा शिर फुल’ तीज गीतको भिडियो छायांकन सम्पन्न

0
39

काठमाडौं – गीतकार जानकी बज्राचार्यको शब्दमा ‘शिरैमा शिर फुल’ तीज गीतको भिडियो छायांकन सम्पन्न भएको छ। समाजसेवी, कलाकार, च्छोरोल्पा मिडिया प्रालिकी प्रबन्ध निर्देशक, एबम नेपाली कांग्रेस सांस्कृतिक संघकी केन्द्रीय सदस्य समेत रहेकी बज्राचार्यले नजिँकैदै गरेको तिजलाई मध्यनजर गरेर दिदी बहिनीहरुको आत्मीय सम्बन्धलाई प्रगाढ पार्नका साथै समाजमा देखिएको विकृतिलाई चिर्ने उद्देश्यले यो गीतको रचना गरिएको बताइन् । बज्राचार्यको शब्दमा रहेको सो गीतको म्यूजिक भिडियोको लागि साउन ७ गते शनिबार चावहिल मित्रपार्क स्थित यमुना बैंकेटमा छायांकन गरिएको थियो । बज्राचार्यको शब्दमा रहेको सो गीतलाई चर्चित गायिका राधिका हमालले स्वर दिएकी छिन् भने संगीतकार पुरुषोत्तम न्यौपाने, निर्देशक अनिल राई, छायांकार श्याम केसी, अभिनय गर्ने मोडलहरुमा गीतको रचनाकार तथा मोडलिङ स्वयम जानकी बज्राचार्य, सलिना ब, राज थपलिया, प्रकाश थपलियालगायतका कलाकारहरु रहेका छन् । गीत छिट्टै सार्वजनिक गरिने बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here