गायक तुलसी सिवाकोटीको ‘भन्देउ मायाले’ सार्वजनिक [भिडियो ]

0
178

काठमाण्डौ –  गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘भन्देउ मायाले’को म्युजिक भिडियो सार्वजनिक भएको छ । डी पी खनालको शब्द र विश्व अधिकारीको संगीत अनि संगीत संयोजन रहेको गीतको भिडियोमा नयाँ डान्सग्रुप फ्युचर क्रु र अन्जिता कंडेललाइ फिचारिंग गरिएको छ प्रहिल कार्कीको निर्देशनमा बनेको भिडियोमा आवेश बज्राचार्यको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन रहेको छ ।
फ्युचर क्रु चितवनमा रहेर विभिन्न सांगीतिक कार्यक्रमहरुमा नृत्य गर्दै आइरहेको चितवनको लोकप्रिय समूह हो ।
भने लामो समयदेखि प्रवासमा रहेर नेपाली गीतसंगीतमा निरन्तर रुपमा अगाडी बढिरहेका यूरोप निवासी गायक तुलसी सिवाकोटीले युरोपको हरेक देशमा मात्र नभएर यूरोप बाहिर रहेका बिभिन्न देशहरुमा आफ्नो प्रस्तुति दिसकेका छन ।
यसअघि करिब दुइ दर्जन भन्दा बढी गीत बजारमा ल्याइसकेका गायक सिवाकोटीको ‘हे माया’ ,’तिम्रो मेरो प्रेम कहानी’, ‘म त मान्छे सिधा साधा’ ,‘प्यारी छोरी न बचाउन सके’ जस्ता गीतहरु लोकप्रिय छन् । पार्श्व गायनमा समेत आफ्नो स्वर दिइसकेका गायक सिवाकोटीको देश तथा बिदेशमा गरिने कार्यक्रममा प्रस्तुति निकै दमदार रहने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here