गाडीमा ढुंगा हान्ने विप्लव बन्दकर्तामाथि स्थानीयको आक्रमण

0
7

काठमाडौं- आज देशभर विप्लव नेतृत्वको नेकपाले बन्दको आह्वान गरेको छ। यो बन्दको प्रभाव राजधानी लगायत देशभर थोरै मात्र परेको पाइएको छ। नेपालका अधिकाँश स्थानमा सवारीसाधन चलिरहेका छन्। केही गाडीमा भने तोडफोड मच्चिएका खबर आएका छन्। यस क्रममा दर्जनभन्दा बढी विप्लपका कार्यकर्तालाई पक्राउ पनि गरिएको छ। यस बन्दको क्रममा काभ्रेको बनेपामा गाडीको सिसा फुटाउने एक विप्लपका कार्यकर्तालाई त्यहाँका स्थानीयले कुटपिट गरेका छन्। कुटपिट गरेपछि उनीहरुले ती व्यक्तिलाई प्रहरीको जिम्मा लगाइएको छ। प्रहरीका अनुसार कुटाइ खाने व्यक्ति जुम्लाको तिलागुफा–३ बस्ने २४ वर्षीय पल राउत हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here