गस्तीमा गएका असईसहित दुई प्रहरी बेपत्ता एक प्रहरीको शव भेटियो, अर्काको खोजी जारी

0
250

धनगढी – कैलालीको धनगढी नजिक जुगेडास्थित अस्थायी प्रहरी चौकीमा कार्यरत २ जना प्रहरी बेपत्ता भएका छन् । मोटरसाइकलमा गस्तीमा गएका असई गोविन्द विक र प्रहरी जवान रामबहादुर साउद शनिबार राति १० बजेदेखि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर दानबहादुर रोकायाले बताएका छन्। उनका अनुसार नेपाल भारत सीमा मोहना नदी क्षेत्रमा ड्युटीमा गएका उनीहरु आइतबार बिहानसम्म नफर्किएपछि खोजतलास सुरु भएको हो ।
प्रहरीहरु बेपत्ता भएको जानकारी पछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी अधिकृतसहितको टोली खोजतलासमा परिचालित भएको इन्सपेक्टर रोकायाले बताए । ‘मोहना नदीमा एक जनाको शव देखिएको छ । नदीमा रहेको शवको पहिचान भने भएको छैन’ रोकायाले भने ।
घटनास्थलमा सुदूरपश्चिम प्रदेशका डिआइजी उत्तमराज सुवेदी पनि पुगेका छन् । तस्करसँग भिडन्त भएको हुनसक्ने अनुमान गर्दै घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here