गर्भाअवस्थामा यी संकेतलाई नगर्नुहोस् वेवास्ता, आमा र बच्चा दुबैमा हुनसक्छ खतरा

0
4

काठमाडौँ – गर्भाअवस्थामा हरेक महिलाले आफ्नो ख्याल राख्नुपर्ने हुन्छ। गर्भाअवस्थाको सुरुवाती महिनादेखि अन्तिमसम्मको समय निकै नाजुक हुने गर्छ। यस क्रममा हुनेवाला बच्चाको विकासका लागि खानपान र औषधिको निकै ध्यान राख्नुपर्ने हुन्छ। नियमित चेकअपबाट बच्चाको अवस्थाको बारेमा जानकारी मिल्ने गर्छ। गर्भाअवस्थामा कहिलेकाही यस्ता संकेत देखिने गर्छन्, जसलाई नजरअन्दाज गर्दा आमा र बच्चा दुबैका लागि खतरा हुनसक्छ।

आज हामी तपाईलाई केही यस्ता लक्षणका बारेमा जानकारी गराउँदैछौँ । जो बच्चा र आमा दुबैका लागि घातक हुनसक्छन्। आउनुहोस् जानौँ कुन कुन हुन् ती लक्षणः

पेटमा पटक पटक संकुचन महशुस हुनु

पेटमा कहिलेकाही संकुचन महशुस हुनु सामान्य हो । तर विशेषगरी डेलीवरीको समयको आसपासमा यस्तो संकेत देखियो भने सावधान रहनु पर्ने हुन्छ। पेटमा संकुचन भयो भने निकै पीडा महशुस हुने गर्छ। तर यो कहिलेकाही हुने गर्छ।

कहिलेकाही संकुचन धेरै महशुस हुने गर्छ। एक घण्टामा ६ पटकभन्दा धेरै संकुचन महशुस भयो भने यो समय अभावै डेलिवरी हुने संकेत हो । यस्तो अवस्थामा तपाईले ढिला नगरी डाक्टरको सम्पर्कमा रहनु राम्रो हुन्छ।

बच्चाको हलचल बन्द हुनु

यदी तपाई गर्भवती भएको २८ हप्ता भन्दा कमी भएको छ भने हुनसक्छ तपाईको बच्चाको हलचल धेरै नहुन सक्छ। तर २८ हप्तापछि बच्चा यतिधेरै एक्टिभ हुन्छ की उसको हलचल बाहिरै महशुस गर्न सकिन्छ।

यदी तपाईलाई लाग्छ की बच्चा सामान्य भन्दा पनि निकै कम हलचल गरिएको छ वा हलचल नै गरेको छैन भने वेवास्ता नगर्नुहोस् । यो संकेत बच्चा र आमा दुबैका लागि खतरनाक बन्न सक्छ । यस्तो अवस्थामा चिकित्सकसँग सल्लाह लिनु राम्रो हुन्छ।

ब्लड सुगर निकै कम हुनु

गर्भाअवस्थामा कयौँ महिलामा डायबिटिजको समस्या देखिने गर्छ। त्यसैले तपाईले यो अवस्थामा ब्लड सुगरको ध्यान राख्नुहोस्। ब्लड सुगर अचानक कम वा धेरै भयो भने होसियार रहनुहोस्। नत्र यसको असर बच्चामा पर्ने गर्छ । त्यसैले नियमित रुपमा ब्लड सुगरको चेकजाच गराईरहनु पर्छ।

धेरै रगत बग्नु

गर्भाअवस्थामा थोरै रगत बग्नु सामान्य मानिन्छ। तर धेरै मात्रामा रगत बग्यो भने सावधान रहनुहोस् । यो संकेत बच्चा र आमा दुबैका लागि खतरनाक हुनसक्छ। यस्तो संकेत देखियो भने तुरुन्त डाक्टरसँग सल्लाह लिनु राम्रो हुन्छ।

धेरै पेट दुख्नु

गर्भाअवस्थामा पेटदेखि मांसपेशीसम्मको पीडालाई सामान्य मानिन्छ। यो समय कतिपय महिलामा कब्जियतको समस्या पनि देखिने गर्छ। यदी तपाईको पेटमा अचानक निकै पीडा भयो भने अजरअन्दाज नगर्नुहोस् । यस्तो अवस्थामा तुरुन्त डाक्टरको सल्लाह लिनु राम्रो मानिन्छ। धेरै पेट दुख्दा पेटको बच्चामा कुनै समस्या देखिएको हुनसक्छ। जो आमा र बच्चा दुबैका लागि खतराको संकेत हो ।

पानीको थैली फुट्नु

गर्भाअवस्थामा बच्चा एमनीओटिक फ्लुइडमा लटपटिएको हुन्छ। यो बच्चाको स्वास्थ्यका लागि निकै आवश्यक पनि छ। तर पानीको थैली समय अगावै फुट्यो भने आमा र बच्चा दुबैका लागि खतरा बन्न सक्छ। यस्तो अवस्थामा आमाका लागि खतरनाक इन्फेक्सन हुने जोखिम हुन्छ भने बच्चा पेटमै मर्ने सम्भावना बढ्न सक्छ।

यदी धेरै मात्रामा पानी बग्न थाल्यो भने तपाईले तुरुन्त डाक्टरसँग सल्लाह लिनु राम्रो हुन्छ। नयाँ पुस्ता डटकमका लागि आजतकबाट नेपालीमा अनुवाद गरिएको सामाग्री

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here