गण्डकी प्रदेश सांसद दीपक मनाङेले चलचित्र ‘कङ्गारु’ निर्माण गर्ने

0
4

काठमाडौं- नेकपा एकीकृत समाजवादीका नेता तथा गण्डकी प्रदेशका सांसद दीपक मनाङ्गेले पुनः चलचित्र निर्माण गर्ने भएका छन् ।
उनको प्रस्तुती तथा सम्राट बस्नेतको निर्देशनमा चलचित्र कंगारुको घोषणा गरिएको छ । मनाङेले निर्माण गर्न लागेको उक्त चलचित्र थ्रिलर, कमेडी र सस्पेनस जनरामा निर्माण हुने बताईएको छ ।

फूलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसको आस्याप इन्टरटेन्मेन्टको सहकार्यमा यो फिल्म निर्माण हुन लागेको हो । फिल्ममा प्रेम थापा र धन बहादुर गुरुङको लगानी रहनेछ ।

चलचित्रका लागि विभिन्न कलाकारसँग कुराकानी भइरहेको र चाँडै नै कलाकारको टुंगो लाग्ने निर्माण पक्षले जनाएको छ । सबैकुरा सम्पन्न गरेर फागुनबाट चलचित्र छायाकनमा जाने बताईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here