गण्डकीको भौतिक पूर्वाधार मन्त्रालयको विजुली काटियो

0
7

काठमाडौं- नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको लाईन काटिदिएको छ । विद्युत महशुल नतिरेपछि मन्त्रालयमा विजुली काटिएको हो । मन्त्रालयको ६० दिनभन्दा धेरै बक्यौता रहेकाले लाईन काटिएको वितरण केन्द्रले जनाएको छ । मन्त्रालयले प्राधिकरणलाई तिर्न पर्ने बक्यौता २७ हजार ६५ रुपैयाँ रहेको छ । पछिल्लो समय प्राधिकरणले विद्युत महशुल नतिर्ने र ६० दिन बक्यौता कटेका उपभोक्ताहरुको लाईन काट्ने कार्य तिब्र बनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here