गणेश अधिकारी र बाल गायिका दीपिका कँडेलको आबाजमा ‘छोरी तिमिलाई’ बोलको गीत सार्वजनिक

0
78

बासुदेव पोख्रेल, गुल्मी – गीत संगितको बजारमा नयाँ नौला गीत उकालो लागिरहेका छन्। माया प्रेम दुख वेदनाका गीत पनि बजारमा उकालो लागेको देख्न सकिन्छ। यतिबेला गणेश अधिकारी र बाल गायिका दीपिका कँडेलको आबाजमा ”छोरी तिमिलाई” बोलको गीत सार्वजनिक भएको छ । दिपक कँडेलको शब्द सिर्जना रहेको गीतमा गायक तथा सर्जक गणेश अधिकारीले लय सिर्जना गरेका छन् । गीतको भाव सन्तान प्रती एक बाबाको माया स्नेह कति हुन्छ र सन्तानले बाबालाई साथी अभिभावक र भगवान् हुन् भन्ने गीतको भाव रहेको दर्शक श्रोताले आकलन गरिरहेका छन्। करिस्मा ढकाल गणेश अधिकारी र दीपिका कँडेलका अभिनय रहेको गीतमा काजिस श्रेष्ठले निर्देशन गरेका छन । गीतलाई दीपिका म्युजिकले बजार व्यवस्थापन गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here